डडेल्धुरामा श्रीमानको बन्चरो प्रहारबाट श्रीमती घाइते

डडेल्धुरा : डडेल्धुरामा एक महिला श्रीमानको बन्चरो प्रहारबाट गम्भीर घाइते भएकी छन्। डडेल्धुराको आलिताल गाउँपालिका–२ मटेला ४२ वर्षीय कर्णबहादुर देउवाले ३८ वर्षीया श्रीमती डम्मरीदेवी देउवालाई बन्चरो प्रहारबाट गम्भीर घाइते बनाएका हुन्।

मंगलबार श्रीमान्–श्रीमतीको आपसी घरायसी झैझगडा हुँदा कर्णबहादुरले आफ्नै श्रीमतीको टाउकोमा बन्चरो प्रहार गरेको वडाध्यक्ष प्रमोदबहादुर मल्लले जानकारी दिए।घटनापछि श्रीमतीलाई स्थानीयले गांखेत स्वास्थ्य चौकीमा लगेका थिए। त्यहाँ उपचार सम्भव नभएपछि उनलाई धनगढी ल्याइएको छ ।

अहिले उनको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता कुसुम नायकले उनको अवस्था गम्भीर रहेको बताए । उनका श्रीमानलाई मंगलबार नै नियन्त्रण लिइसकेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.