Agni Offset Press

डडेल्धुरामा श्रीमानबाट कुटिएकी डम्बादेवीको मृत्यु

Aarati simant

डडेल्धुरा : डडेल्धुरामा एक जनाले आफ्नै श्रीमतीको हत्या गरेका छन् । ३८ वर्षीया डम्बरीदेवी देउवाको बन्चरो प्रहार गरि हत्या गरेको अभियोगमा आलिताल गाउँपालिका–२ मटेलाका ४२ वर्षीय कर्णबहादुर देउवालाई प्रहरीले पक्राउ गरेको छ । कर्ण बहादुरले मंगलबार साँझ घरायसी विवादका कारण कुटपिट गर्दा डम्बरी गम्भीर घाइते भएकी थिइन् ।

त्यसपछि प्रहरी चौकी गाङ्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घाइते डम्बरीको स्वास्थ्य चौकी गाङ्खेत हुँदै मायामेट्रो अस्पताल धनगढीमा थप उपचारको क्रममा बुधबार दिउँसो मृत्यु भएको हो । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.