Agni Offset Press

सुदूरपश्चिम प्रज्ञाप्रतिष्ठान द्वारा अत्तरियाको शिव मन्दिर व्यवस्थापन समितिलाई बाद्यवादन सामग्री हस्तान्तरण

Aarati simant

अत्तरिया, २२ बैशाख : गोदावरी नगरपालिका–१ अत्तरिया पृथ्वीपनगरमा रहेको शिव मन्दिरलाई विभिन्न सांस्कृतिक कार्यक्रममा प्रयोगमा आउने बाद्यबादन हस्तान्तरण गरिएको छ ।

सुदूरपश्चिम प्रज्ञाप्रतिष्ठानले बाद्यबादन सामग्री शनिबार एक कार्यक्रम गरी हस्तान्तरण गरेको हो । प्रतिष्ठानका उपकुलपति डा. टिएन जोशीले मन्दिर व्यवस्थापन समितिलाई बाद्यवादन सामग्री हस्तान्तरण गरेका हुन् । १ लाख मुल्य बराबरका सामग्रीहरु हस्तान्तरण गरेको जनाएको छ । उपकुलपति जोशीले सुप क्षेत्रमा रहेको संस्कृतिलाई व्यवस्थापन गर्ने हो भने विश्वव्यापी गर्न सकीन्ने बताए । यहाँका नौँ जिल्लामा रहेका कला संस्कृतिलाई जर्गेना गर्न आवश्यक रहेको उनको भनाई रहेको छ ।
यस्तै कार्यक्रममा गोदावरी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष एवं नगर प्रवक्ता गोपाल भट्टले धार्मिक पर्यटक तान्नका लागि मन्दिरहरुको संरक्षण गर्न आवश्यक रहेको बताए । मन्दिर व्यवस्थापन समितिका सदस्य जानकी कुँवरले स्वागत गरेको कार्यक्रममा समाजसेवी शेरबहादुर विष्ट, स्वास्थ्यकर्मी उशा भट्ट लगायतका उपस्थिति रहेको थियो ।

मन्दिर व्यवस्थापन समितिका हरिना देउवाको अध्यक्षतामा भएको कार्यक्रममा लोक गायका कुन्ती साउँदले गायन र विभिन्न नृत्यहरु समेत प्रस्तुत गरेको हो । कार्यक्रमको सञ्चालन मन्दिर व्यवस्थापन समितिका सचिव बाबुराम वलमपाकीले गरेका हुन ।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.