गोदावरी नगरस्तरीय स्कूल डान्स प्रतियोगिता हुदैँ, प्रथम पुरस्कार २०,१५१ रुपैयाँ
अत्तरिया, २५ बैशाख : कैलालीको गोदावरी नगरस्तरीय स्कूल डान्स कम्पीटीसन (प्रतियोगिता) हुने भएको छ । वन व्ये डान्स क्याम्पको आयोजनामा गोदावरी नगरस्तरीय प्राथमिक स्कूल एकल नृत्य प्रतियोगिता हुने भएको हो ।
मंगलबार अत्तरियामा पत्रकार सम्मेलनको आयेजना गरि प्रतियोगिताका बारेमा जानकारी दिएको छ । प्रतियोगितामा गोदावरी नगर भरीका कक्षा १ देखि ५ कक्षा सम्मका विद्यार्थीको सहभागिता रहने छन । पत्रकार सम्मेलनमा वन व्ये डान्स क्याम्पका सञ्चालक नरेश नेपालीले साना बालबालिकाको प्रतिभा बाहिर ल्याउनको लागि प्रतियोगिता आयोजना गरिएको बताए ।
चार राउन्डमा हुने प्रतियोगितामा छनोट भएका १ सय जनालाई कोरियोग्राफरद्धारा ट्रेनिङ दिएर अन्तिम ५ जना छनोट गरै विजेता छनोट गरिने जनाइएको छ । नगर स्तरीय डान्स कम्पीटीसनमा प्रथम हुनेलाई २० हजार १५१, दोस्रो हुनेलाई १० हजार १५१ र तृतीय हुनेलाई ५ हजार १५१ पुरस्कार प्रदान हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा नेपाली गीतमा मात्रै नृत्य गर्न पाइने, आइटम गीतहरूमा नृत्य गर्न नपाइने, गीत २ मिनेट ३० सेकेन्ड भन्दा बडी हुनुपर्ने सर्त राखिएको छ । त्यस्तै डान्स कम्पीटिसनमा उत्कृष्ट भएका ५ जनालाई ३ महिना सम्म वन व्ये डान्स क्याम्पमा ३ महिना सम्म फ्रि डान्स सिकाइने वन व्ये डान्स क्याम्पका सञ्चालक नेपालीले बताए । यस्तै डान्स कम्पीटिसनमा टप टेन सम्म पुगेकालाई एक दिने सामाजिक अवलोकन भ्रमण समेत गराईनेछ ।