गोदावरी नगरपालिकामा विपन्न सिमान्तकृत विद्यार्थीलाई छात्रवृत्ति वितरण

अत्तरिया, २५ बैशाख : गोदावरी नगरपालिका भित्र रहेका विपन्न तथा सिमान्तकृत छात्राहरुलाई क्षात्रवृत्ति वितरण गरेको छ ।
आर्थिक अवस्था कमजोर भएका एव् न्यून आय भएका नगरभित्रका एकल महिलाका सन्तानलाई मानव अधिकारको लागि महिला एकल महिला समूह धनगढीले छात्रवृत्ति दिइएको हो ।
आर्थिक अवस्था कमजोर रहेका एकल महिलाका सन्तानलाई थोरै भए पनि साथ दिन छात्रवृत्ति दिइएको समूहकी कोषाध्यक्ष मनोयरी भण्डारीले बताइन् । सबै समूहबाट धेरथोर बाचेको रकम जम्मा गरी सामाजिक उत्तरदायी भएर काम गरेको उनले बताईन ।
पालिका भित्र रहेका एकल महिलाका सन्तान धेरै रहे पनि दैनिक गुजार गर्न समस्या भएका, मजदुरी गरी छाक टार्ने समस्या भएकाहरुलाई छात्रवृत्ति दिएको हो । पालिका भित्रका विपन्न तथा सिमान्तकृत छात्राहरुलाई क्षात्रवृत्ति वितरण गरेको जनाएको छ । मंगलबार १० जनालाई जनही ४–५ हजार बराबरको समान (झोला, कपी, डटपेन, छाता, ज्यमिति बक्स) प्रदान गरिएको छ ।

क्षात्रवृत्ति वितरण कार्यक्रमको सभापतित्व मानवअधिकारका लागि महिला एकल महिला, गोदावरी एकल महिला समूहका अध्यक्ष धना पाठक रहेकी थिईन । कार्यक्रमको प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्ट रहेका थिए ।
नगर प्रमुख बिरेन्द्र भट्टले विपन्न तथा सिमान्तकृत एव् न्यून आय भएका छात्राहरुलाई विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दा अध्ययन जारी राख्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । अभियानकै रुपमा यस्ता कार्यक्रम जारी रहने उनले बताए । अहिले मानब अधिकारका लागि महिला समूहले बितरण गरेको छात्रवृत्तीले बालबालिकाहरूलाई शैक्षिक सत्रको नयाँ सेसन लागु हँुदै गर्दा लदित, गरिवीको रेखामुनी रहेकालाई थोरै रकमको शैक्षिक सामग्रीले केही राहत हुनेमा विश्वस्त रहेको बताए । आगामी दिनमा यस समूहलाई आवश्यकता पहिचान गरी पालिकालाई कार्यक्रमका लागि अगाडि बढ्न र पालिकाले के कति सहयोग गर्न सकिन्छ अवस्य साथ दिने प्रतिबद्धता समेत ब्यक्त गरे ।
मानव अधिकारका लागि महिला, एकल महिला समुहका अध्यक्ष धना पाठकले एकल महिलाले सामान्य जीवनयापनकै लागि सङ्घर्ष गर्नुपरेको बताइन ।
क्षात्रवृत्ति वितरण कार्यक्रममै प्रमुख प्रशासकीय अधिकृत हरीदत्त भट्ट, शिक्षा शाखा प्रमुख प्रयागराज जोशी, स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थी, गोदावरी नगरपालिका वडा नं १ का वडा अध्यक्ष तथा नगर प्रवक्ता गोपाल दत्त भट्ट , सामाजिक शाखाका ज्ञानेन्द्र कुमार भट्ट, महिला विकास शाखा प्रभा हमाल लगायत मानवअधिकार कर्मी एक महिलाहरु र क्षात्रवृत्ति पाउने विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन एकल महिला ऋतु खड्काले गरेकी थिइन भने स्वागत मन्तब्य मानव अधिकारका लागि महिला कि राधिका जोशीले गरेकी थिइन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.