मुख्यमन्त्री सोडारीले विश्वासको मत पाउने सुनिश्चित

धनगढी : सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री दीर्घबाहादुर सोडारीले प्रदेश सभा बैठकबाट विश्वासको मत पाउने सुनिश्चित भएको छ।

नेकपा एमालेले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने भएको हो। पार्टीको केन्द्रीय निर्देशनअनुसार मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने प्रदेश संसदीय दलले जनाएको छ।
प्रदेश संसदीय दलका नेता राजेन्द्रसिंह रावलले मुख्यमन्त्रीलाई विश्वासको मत दिने बताए। मुख्यमन्त्री सोडारीले जेठ ३ गते बिहान सवा १० बजे बस्ने प्रदेश सभा बैठकबाट विश्वासको मत लिने तयारी गरेका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.