अत्तरिया : कैलालीमा नहरमा डुबेर युवक बेपत्ता भएका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका–३ बल्चौरका ३३ वर्षीय जीवन बादी रानीजमरा कुलरिया सिँचाइ आयोजनाको नहरमा डुबेर बेपत्ता भएका हुन् ।
उनी शुक्रवार दिउसो नहरमा डुबेको सुदूरपश्चिम प्रदेश प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय, चिसापानीको टोली घटनास्थलमा पुगेको छ । उनको खोजी कार्य र आवश्यक अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।