धनगढी उपमहानगरले पायो जेरो वेष्ट सिटिज नेटवर्कको सदस्यता

अत्तरिया : धनगढी उपमहानगरपालिकाले ग्लोबल अलायन्स फर इन्सिनिरेसन अल्टरनेटिभ्सबाट सदस्यता पाएको छ। फोहरमैलाको उचित व्यवस्थापन गरेको भन्दै धनगढी उपमहानगरलाई जेरो वेष्ट सिटिज नेटवर्कक संस्थापक सदस्यता मिलेको हो।

उपमहानगरपालिकाले फोहरमैला व्यवस्थापन सम्बन्धी गरिरहेको प्रयास एवं स्वच्छता सम्बन्धी पहललाई कदर गर्दै जेरो वेष्ट सिटिज नेटवर्कको फाउन्डेसन मेम्बरको सदस्यता मिलेको धनगढी उपमहानगरपालिकाले जनाएको छ।

जेरो वेष्ट सिटिज नेटवर्कमा हालसम्म विश्वका ५५० सहर आवद्ध रहेका छन्। जसमा नेपालका धनगढीसहित अन्य २ नगरपालिका आवद्ध छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.