बाजुराबाट रारा जाँदै गरेको जिप खत्याडमा दुर्घटना, १२ जना घाइते

अत्तरिया : बाजुराबाट रारातर्फ जाँदै गरेको जिप दुर्घटना भएको छ। जिल्लाको हिमाली गाउँपालिका–५ कोल्टिको भवानी माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई रारा लैजादै गरेको ग १ ज ८२४९ नम्बरको जिप मुगुको खत्याड गाउँपालिका वडा–२ जाम हिलटपमा दुर्घटना भएको हो।

जिपमा सवार १२ जना घाइते भएका छन्। घाईत हुनेहरुमा नौँ जना विद्यार्थी, दुई जना शिक्षक र चालक छन्। घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए। चालक लालबहादुर भण्डारीको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । प्रहरीका अनुसार अन्य सबैको अवस्था सामान्य रहेको छ। जिप सडकबाट २५ मिटर तल खसेको थियो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.