अत्तरियाबाट होटल सञ्चालक सहित अनैतिक क्रियाकलापमा संलग्न ३ युवायुवती पक्राउ

अत्तरिया : कैलालीको अत्तरियाबाट अनैतिक क्रियाकलापमा संलग्न होटल सञ्चालक सहित ३ युवा युवती पक्राउ परेका छन । बिहिबार साँझ गोदावरी नगरपालिका-२ अत्तरिया स्थित डोटी दिपायल होटलबाट प्रहरीले अनैतिक क्रियाकलापमा संलग्न होटल सञ्चालक सहित २ युवक र १ युवतीलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय मालाखेती अपराध अनुसन्धान शाखाबाट खटिएको बिशेष टोलीले उनीहरुलाई अनैतिक क्रियाकलाप गराएको अवस्थामा फेला पारी पक्राउ गरेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.