Agni Offset Press

थारु होमस्टेमा पाहुनाको आकर्षण

Aarati simant

अत्तरिया : पछिल्लो समय गाउँ गाउँमा थारु समुदायले संस्कृति झल्कने गरी होमस्टेहरु सञ्चालन गर्ने क्रम बढेको छ । कैलालीको हरेक जस्तो स्थानीय तहमा थारु होमस्टेहरु सञ्चालनमा रहेका छन् । कैलालीमा सबै भन्दा पहिले धनगढी उपमहानगरपालिका–१६ को वेहडावावामा थारु होमस्टे सञ्चालनमा आएको थियो । सुरुमा थारु होमस्टेमा आन्तरिक तथा वाह्य पर्यटकको भिड लागे पनि पछिल्लो समयमा भने सोचे जति पाउन पुग्न नसकेको सञ्चालकहरु बताउने गरेका छन् ।
कैलालीको गोदावरी नगरमा रहेको थारु होमस्टेमा पाहुनाको आकर्षण बढन थालेको सञ्चालकले जनाएको छ । गोदावरी नगरपालिका–८ स्थित मजगाउँ थारु सामुदायिक होमस्टेमा पाहुनाको आकर्षण बढ्न थालेको हो ।
२०८० असार ३१ गते उद्घाटन भएको सो होमस्टे पाहुनाको आकर्षण स्थल बन्न थालेको होमस्टेकी सञ्चालक कल्पना चौधरीले जानकारी दिइन । एक घरबाट होमस्टे सञ्चालन गरिएको सो स्थानमा अहिले ५ घरमा होमस्टे सञ्चालनमा रहेको उनले बताइन ।
होमस्टे संचालनबाट बालबालिकाको पालन–पोषण संगै निर्माणमा लागेको खर्च असुलमा सहज हुने गरेको उनले बताइन । मजगाउँलाई चिनाउन र थारु संस्कृति, संगै थारु परिकारलाई चिनाउने उदेश्यले होमस्टे संचालनमा ल्याएको उनले बताइन । आउने पाहुनालाई अडर अनुसार थारु परिकारका सबै खानपानको व्यवस्था हुने गरेको उनको भनाइ छ ।
पाहुनालाई अडर अनुसार लोकल कुखुरा बधिया भाले, थारु लोकल जाडको झोल, मौवाको रक्सी, अन्दी धानको रक्सी, सिद्रा माछा, ढिक्री, खेरिया फुलौरी र दालभात तरकारी लगायत ईच्छा अनुसार खान मिल्न सक्ने व्यवस्था रहेको उनले बताइन । बाहिरका पाहुना महिनाको २ देखि ३ जना आउने गरेको भए पनि स्थानीय पाहुना दैनिक ८ जना होमस्टेमा पुग्ने गरेको उनले बताइन । होमस्टे बनाइएका घरमा दुई कोठा, अटेच बाथरुपमको व्यवस्थासँगै थारु संस्कृतिको नाचगानको व्यवस्था समेत रहेको उनको भनाइ छ । थारु संस्कृति झल्काउने नाचको प्याकेजमा ४ हजार र एउटा नाच हेर्नलाई १५ सय मुल्य निर्धारण गरिएको उनले बताइन । पाहुना बढि भएमा होमस्टे भएका घरमा भागबण्डाका आधारमा बस्ने व्यवस्थाको समेत जोहो गरिएको उनले बताइन । बाहिरको खाना नभइ थारु परिकारको खानामात्र अडर अनुसार तयार हुने गरिएको उनको भनाइ छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.