सङ्घीय बजेट घोषणापछि सरकारले पूर्णता पाउने

अत्तरिया : मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सङ्घीय सरकारको बजेट प्रस्तुत भएपछि प्रदेश सरकारले पूर्णता पाउने विश्वास व्यक्त गरेका छन । सोडारी मुख्यमन्त्री भएको एक महिना बिते पनि सरकार गठन हुन नसकेकोमा चर्चा हुन थालेको छ । विभिन्न किसिमको चर्चा परिचर्चा भइरहेको बेला मुख्यमन्त्री सोडारीले यस्तो विश्वास व्यक्त गरेका छन । उनले भने, “सरकारले पूर्णता पाउने विषयमा नेकपा (एमाले) र नेकपा (माओवादी) का शीर्ष नेतासँग छलफल गर्ने समय नमिलेकाले केही ढिलाइ भएको हो ।”

“सङ्घीय बजेट भाषणपछि सुदूरपश्चिम प्रदेश सरकारले पनि पूर्णता पाउँछ,” उनले भने, “सबैलाई समेट्ने गरी मन्त्रालय थप्ने विषयमा कुनै छलफल भएको छैन । समर्थन गर्ने दलबाट मन्त्रीको नाम आउनेबित्तिकै प्रदेश सरकारले पूर्णता पाउने छ ।” सुदूरपश्चिम प्रदेशमा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीले दुईरदुई र स्वतन्त्र प्रदेश सभा सदस्य डा। ताराप्रसाद जोशीले एक मन्त्रालय लिने चर्चा रहेको छ । सोही चर्चा अनुसार मन्त्रीपरिषद् बनाउन आठ वटा मन्त्रालय आवश्यक पर्ने हुन्छ । जबकि अहिले मुख्यमन्त्रीसहित सात मन्त्रालय मात्र कायम रहेका छन् । वर्तमान सरकार मुख्यमन्त्रीसहित तीन सदस्यीय मात्र रहेको छ । सरकारमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता मुख्यमन्त्री सोडारी र नागरिक उन्मुक्तिका दुई जना मन्त्री छन ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.