अत्तरिया : कैलालीको गोदावरी नगरपालिकालाई धनगढी उप महानगरपालिका सँग दाजेर विकास भएन भनेर सामाजिक संन्जाल रङ्याउनु उपयुक्त नभएको गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले बताएका छन ।
गोदावरी नगरपालिकाको नयाँ आर्थिक बर्षको बजेटका लागि योजन तर्जुमा कार्यक्रम सहितको वडा भेलामा सम्बोधन गर्दै नगर प्रमुख भट्टले विकासका लागि अरु पालिका सँग दाजेर बोल्नु उपयुक्त नभएको बताएका हुन् ।
पछिल्लो समयमा विकास र पूर्वाधारमा एउटा स्थानीय तहसँग अर्को स्थानीय तहलाई तुलना गर्दै हिड्नुयुक्ति सँगत नभएको उनले बताए ।
‘हामी सँगै बझाङको बुङ्गललाई तुलना गर्यो भने त्यो पनि मिल्दैन, धनगढीलाई काठमाण्डौं महानगरपालिका सँग दाज्नु उपयुक्त हुदैन, तर हाम्रा गाउँले दाजुभाईले धनगढीलाई अत्तरिया सँग तुलना गरेर विकास भएन भनेर सामाजिक संन्जाल देखि नेता कार्यकर्ताको भाषणमा आउने गरेका छन् ।’
धनगढी उपमहानगर पालिकाको आज सातौ मेयरको रुपमा गोपाल हमाल आएका छन, हाम्रो गोदावरीमा चाही दोस्रो मेयरको रुपमा म आएको छु, ३५ बर्ष अगाडि धनगढी उपमहानगरपालिका नगरपालिकाको रुपमा रहेको र अहिले हामी आठौं बर्षमा प्रबेश गरेको नगरपालिकालाई तुलना गर्दा फरक देखिन्छ नै ।
हामी निर्वाचित भएको समयमा देशमा आर्थिक मन्दी भएको अवस्था, पूर्व मेयर सापको पालामा नदीजन्य पदार्थ उत्खननको मुद्दामा ४.५ करोड पालिकाको खाताबाट घट्नु अहिले आएर केन्द्रिय बजेटमा ३६ प्रतिशतले बजेट सिलिङ घटेर आउनुले विकासमा हामी पछाडी परेको अनुभुती भएको मेयर भट्टले बताएका छन ।
गाउँ टोल बस्ती बस्तीमा समस्या एव् मागहरु असिमित छन, हामी सँग स्रोत साधनको समस्या नै छ, पालिकाले भ्याउन्जेल सम्म काम अगाडि बढाएको सम्बोधनका क्रममा बताएका छन । हामीले २ बर्षको समयमा अत्तरिया धनगढीको झिलिमिली बत्तीलाई मात्र केन्द्रित नगरेर पालिकाकै विकट वडामा विद्युतीकरण गर्न सफल भएका छौ ।’ वडा न ४ को फुलबस्ती, बेलपानी र वडा न. १२ को चापँसल्लीमा बिद्युत पुर्याएका छौ । अत्तरिया बजारको सौन्दर्यका लागि आवश्ये बजेट बिद्युत प्राधिकरणको खातामा जम्मा गरेको आज १७ महिना काट्दा पनि ६ लेन सडक खण्डमा बत्ती सकेका छैनौ ।’ ६ लेन सडक खण्डमा बत्ती बाल्ने जनताहरुको अनुहारमा खुसी छाउने रहन हामीलाई पनि छ, बिधि र प्रक्रियामा जादा ढिलो चाडो भएको मात्र हो एक दिन अवश्य बत्ती बल्छ, ढुक्क भएर वस्न सुझाव दिए ।
सम्बन्धित पाेस्टहरु