अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ३ ले आगामी आर्थिक वर्षका लागि ७३ लाख २३ हजारको बजेट सार्वजनिक गरेको छ ।
वडाले आज मंगलबार आठौं वडा भेलामार्फत पूर्वाधार विकासतर्फ ३३ लाख, सामाजिक विकासतर्फ १६ लाख ८० हजार, आर्थिक विकासतर्फ ११ लाख, विपद व्यवस्थापनतर्फ ५० हजार र अन्यमा कार्यालय संचालनतर्फ ५ लाख २३ हजार ४६७ तथा मागमा आधारित बजेट ६ लाख ७० हजार रुपैँया बराबरको बजेट विनियोजन गरेको हो । वडा नम्बर ३ ले चालु आर्थिक वर्षको बैशाख सम्म २१ लाख १२ हजार ५३८ रुपैयाँ राजस्व संकलन गरेको छ ।