एमाले गोदावरीको अधिवेशन शुरु, सचिव भट्टले गरे उद्घाटन

अत्तरिया : नेपाल कम्युनिष्ट पार्टी (एमाले) गोदावरी नगरकमिटीको दोस्रो अधिबेशन शुरु भएको छ । अधिबेशनको आज मंगलबार एमाले सचिव एब् कर्णाली इन्चार्ज लेखराज भट्टले उद्घाटन गरे ।

अत्तरिया स्थित नमस्ते पार्टी प्यालेसको भैरहेको कार्यक्रममा पोलिटब्युरो सदस्य एबम कैलाली इन्चार्ज गणेश सिं ठगुन्ना, केन्द्रिय सदस्य सन्तोष शर्मा (थापा), प्रदेश सचिव रण बहादुर चन्द, कैलाली जिल्ला अध्यक्ष यज्ञराज ढुंगाना लगाएतका नेताहरुको सहभागिता रहेको छ।
नगरकमिटीका कार्यबाहक अध्यक्ष सन्तोष सिँहको अध्यक्षतामा सञ्चालन भईरहेको कार्यक्रममा गोदावरी नगर इन्चार्ज भिष्म सुबेदीले स्वागत मन्तब्य राखेका छन् । कार्यक्रमको सञ्चालन नगरकमिटि उपसचिव राधिका जोशीले गरेकी छन ।

उद्घाटन सकिएपछि बन्द सत्र शुरु हुने भएको छ । यो अधिबेशनले नयाँ नेतृत्व चयन गर्ने भएको छ । उक्त निर्वाचित नेतृत्व ३ बर्षको हुनेछ ।नयाँ नेतृत्व चयनको लागि सहमतिको प्रयास जारी रहेको नेताहरुले बताएपनी सहमति हुने सम्भावना भने कम देखिएको छ । नगर कमिटीको अध्यक्षका लागि वर्तमान कार्यवाहक अध्यक्ष सन्तोष सिंह र हरि फुलाराले दावी गरिहेका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.