अत्तरिया : सुदूरपश्चिम प्रदेशको बहुप्रतिष्ठित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा ल्याइने भएको छ । अर्थमन्त्री वर्षामान पुनले सरकारको आगामी आर्थिक वर्षको बजेट वक्तव्य व्यक्त गर्दै आगामी आर्थिक वर्षमा सो विश्वविद्यालय सञ्चालनको व्यवस्था मिलाइने बताएका हुन् ।