गोदावरी नगर वडा नम्बर ४ द्वारा ८३ लाख ८३ हजार ७९० रुपैयाँ बजेट सार्वजनिक

अत्तरिया : गोदावरी नगरपालिका वडा नम्बर ३ ले आगामी आर्थिक वर्षका लागि ८३ लाख ८३ हजार ७ सय ९० रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
वडाले मंगलबार वडा भेलामार्फत समानिकरणतर्फ ६० लाख र सुत्रमा आधारित बजेट २३ लाख ८३ हजार ९ सय ७० रुपैँया बराबरको बजेट सार्वजनिक गरेको हो । वडा भोलामा नगर प्रमुख विरेन्द्र भट्ट प्रमुख अतिथि रहेका थिए । मेयर विरेन्द्र भट्टले आगामि आउने बर्षका लागि बजेट सिमा निर्धारण गर्न अगाडि बढेको बताए । त्यसका लागि नगरका विभिन्न वडामा रहेका नागरिकहरु गुनासा र मागहरु लिनेक्रममा रहेको बताए । जननिर्वाचित व्यक्तिबाट सबै कुरा सम्भव नहुने उनको भनाई रहेको छ ।

गोदावरीमा छाडा चौपाया रोक्नका लागि गौशाला निर्माण गर्दा स्थानीयहरु विरोध गरेको उनको भनाई छ । सबैको छलफल र हात्तेमालोबाट नै समस्या समाधन हुने मेयर भट्टले बताए । कार्यक्रममा उपप्रमुख शारदा देवी रोकाया, विभिन्न वडाका वडा अध्यक्ष, राजनीतिक दलका प्रतिनिधि, संघसस्थाका प्रतिनिधि तथा वडाबासीको सहभागिता रहेको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.