Agni Offset Press

धनगढीमा मेयरकै कार्यकक्षमा भएको बैठकमा वडा अध्यक्षहरु बीच हात हालाहाल

Aarati simant

अत्तरिया : धनगढी उपमहानगरपालिकाका वडा अध्यक्षहरु चर्काचर्की हुँदै हात हालाहालको अवस्था सिर्जना भएको जनाएको छ ।

मगंलबार धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालको कार्यकक्षमा वडा अध्यक्षहरुबीच वादविवाद हुँदा हात हालाहालको अवस्था सिर्जना भएको पाइएको हो । मेयर हमालले आगामी वर्षको नीति कार्यक्रम तथा बजेट र कार्यपालिका बैठकलाई निरन्तर चलाउने बिषयमा अनौपचारिक रुपमा छलफल गर्न वडा अध्यक्षहरुलाई साँझतिर बोलाएका थिए ।

तर, छलफलका क्रममा जग्गा पल्टीङ सम्बन्धीको कार्यविधीको कुरा उठेपछि विवाद भएको थियो । सोही कार्यविधीलाई लिएर मेयर हमालसँग केहि वडा अध्यक्षहरु रुस्ट भएपछि अहिलेसम्म कार्यपालिका बैठक बस्न सकेको छैन । छलफलमा सहभागी एक वडाध्यक्षकाअनुसार वडा नम्बर १ का अध्यक्ष शन्तोस मुडभरी र ५ का अध्यक्ष गजेन्द्र शाही लगायतको समूहले अतिक्रमित तालको जग्गा हटाउने बिषय र जग्गा पल्टीङ कार्यविधीको कुरा उठाएका थिए ।

वडाध्यक्ष शाहीले तालको विषयमा आफुलाई जानकारी नदिएको गुनासो मेयर हमालसँग राखेका थिए । त्यस्तै मुडभरीले जग्गा पल्टीङ सम्बन्धीको कार्यविधीको कुरा गर्दै १८ नम्बरका अध्यक्ष भुवन रिजालले हस्ताक्षर गरेर पछि मिडियामा गलत कुरा बोलेको दाबी गरेका थिए । बैठक शाही, मुडभरी र वडा नम्बर ९ का अध्यक्ष प्रेम भण्डारी आक्रोशित बन्दै वडा नम्बर १८ का अध्यक्ष भुवन रिजाललाई अपशब्द प्रयोग गरिएको दाबी गरिएको छ ।

वडाध्यक्ष रिजालले समेत छलफलका क्रममा आफूमाथि आक्रमण हुने अवस्था देखेर बाहिर निस्किएको बताउँदै वडा नम्बर ३ का अध्यक्ष राजबहादुर ऐरलाई उनलाई फेरी मेयरकै कार्यकक्षमा लगेका थिए । भित्र प्रवेश गरेपछि मुडभरी र शाहीले आफूमाथी आक्रमण गरेको दाबी उनको थियो । आफूलाई वडा नम्बर १२ का अध्यक्ष शेरबहादुर महरा र १६ का अध्यक्ष रामलाल चौधरीले जोगाएको उनी बताउँछन् । तर वडा नम्बर १ का अध्यक्ष सन्तोश मुडभरीले भने छलफलका क्रममा सामान्य भनाभन भएपनि बाहिर भनेपछि कसैमाथि कसैले आक्रमण नगरेको बताएका छन् ।

यसैबीच, मेयर हमालकै अगाडि भइरहेको छलफलमा हातपात गर्न खोजिएको भन्दै कारवाहीको माग गरिएको छ । एमाले र माओवादीबाट निर्वाचित ८ जना वडाध्यक्षहरुले बुधबार मेयर हमाललाई ज्ञापनपत्र बुझाउदै कारवाहीको माग गरेका हुन् । उनीहरुले वडा नम्बर १ का अध्यक्ष शन्तोश मुडभरी, ५ का अध्यक्ष गजेन्द्र शाही र ९ का अध्यक्ष प्रेम भण्डारीलाई कारवाहीको माग गरिएको हो ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.