धनगढीको तापक्रम ४४.१ डिग्री सेल्सियस मापन

अत्तरिया : धनगढीको अधिकतम तापक्रम ४४ डिग्री सेल्सियस नाघेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका अनुसार आज दिउँसो पौने ३ बजे अधिकतम तापक्रम ४४.१ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ३०.२ डिग्री सेल्सियस मापन गरिएको हो।

बुधबार यहाँको अधिकतम तापक्रम ४३.३ डिग्री सेल्सियस पुगेको थियो। १६ जुन, सन् १९९५ मा कैलालीमा सबैभन्दा बढी अधिकतम तापक्रम ४६.४ डिग्री मापन भएको तथ्यांक रहेको कार्यालयका मौसम सहायक वीरेन्द्र कुश्वाले जानकारी दिए।

गर्मी अत्यधिक बढेपछि यहाँको जनजीवन कष्टकर बनेको छ। केही दिनयता तातो हावा चल्न थालेको छ। गर्मी बढेपछि धनगढी उपमहानगरपालिकाले यही २४ जेठसम्म नगरका सबै विद्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। लम्की–चुहा नगरपालिकाले बुधबार नै विद्यालयहरूमा पाँच दिन बिदा दिने निर्णय गरेको थियो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.