अत्तरियाको एक होटेलबाट लागुऔषधसहित ५ जना पक्राउ

अत्तरिया : अत्तरियाको एक होटेलबाट लागुऔषध (खैरो हिरोइन) सहित ५ जना युवक पक्राउ परेका छन्। शुक्रवार कैलालीको गोदावरी नगरपालिका–२ बसपार्क रोडस्थित डोटी बैतडी होटेलको कोठामा लागुऔषध सेवन गरिरहेको अवस्थामा ५ जना युवक पक्राउ परेका हुन्। पक्राउ पर्नेमा गोदावरी नगरपालिका–२ अत्तरियाका ३७ वर्षीय विशाल सिंह कठायत, ३० वर्षीय प्रमोद पनेरु, २१ वर्षीय हिक्मत रहेका छन्।
यस्तै, गोदावरी–३ का २७ वर्षीय सन्तोष रावल र बैतडीको पाटन नगरपालिका–७ का ३० वर्षीय भरतप्रसाद भट्ट रहेका छन्। उनीहरुलाई इलाका प्रहरी कार्यालय मालाखेती र लागुऔषध नियन्त्रण ब्यूरो शाखा महेन्द्रनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो। उनीहरुको साथबाट ९४० मिलिग्राम लागुऔषध बरामद गरेको प्रहरीले जानकारी दिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.