अत्तरिया : गोदावरी नगरपालिका भित्र रहेका विद्यालयहरुलाई हप्ता दिनको लागि बन्द गरिएको छ। अत्याधिक गर्मी बढेपछि नगरपालिकाभित्र रहेका सबै विद्यालयहरु २० गते आईतबार गतेदेखि बन्द गर्न गरिएको हो।
शुक्रबार जारी पत्रमा भनिएको छ ,‘गर्मीका कारण बालबालिका तथा विद्यार्थीहरुको स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असरलाई मध्येनजर गदै मिति २० गतेदेखि २५ गतेसम्म वर्षे विदाबाट कट्टा हुने गरी नगरपालिका अन्तरगत सबै सामुदायिक, संस्थागत र धार्मिक विद्यालयहरुको पठनपाठन बन्द गर्ने व्यवस्था मिलाउन सूचना प्रकाशित गरिएको छ।’ गर्मीले गर्दा कैलालीका अधिकांस पालिकाले विद्यालय बन्द भएका छन् । कैलालीको केहि दिन देखिको तापक्रम ४० भन्दा माथि रहेको छ ।
सम्बन्धित पाेस्टहरु