टी २० विश्वकप : नेदरल्यान्डसले जित्यो टस, नेपालले पहिले ब्याटिङ गर्ने

काठमाडौँ : अमेरिकामा सुरु हुन लागेको नेपाल र नेदरल्याण्ड्सबीचको खेलमा नेदरल्यान्डसले टस जितेको छ। टेक्सासस्थित डालास स्टेडियममा हुन लागेको खेलमा नेपाल सुरुमा ब्याटिङमा उत्रने भएको छ। नेदरल्यान्डसले टस जितेर फिल्डिङ रोजेको हो। सुरुवाती प्लेइङ ११ मा कुशल भुर्तेल, आसिफ शेख, अनिल साह,रोहित पौडेल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी,अविनाश बोहरा र सागर ढकाल छन्।

वर्षाका कारण मैदान ओसिलो भएपछि टसमा केहीबेर ढिला भएको थियो। नेपाल र नेदरल्याण्ड्सबीचको खेलका लागि निर्धारित समय नेपाली समयअनुसार सवा ९ बजेका लागि तय भएको थियो। सन् २०१४ पछि टी–२० विश्वकप खेल्न लागेको नेपाली राष्ट्रिय क्रिकेट टोली विश्वकपमा सुखद सुरुवात गर्ने योजनामा छ। एसोसियट क्रिकेटमा चिरपरिचित नेपाल र नेदरल्यान्ड्स दुवै विश्वकपमा सुखद सुरुवात गर्न चाहन्छन्। एसोसियट क्रिकेटको नम्बर १ टोली नेदरल्यान्ड्स नेपालमाथि हावी हुन चाहन्छ।

यद्यपि युवा खेलाडीले नेपाली टोली उत्साहित छ। विश्वकपको तयारीका लागि नेपालले वेस्ट इन्डिज र अमेरिकामा अभ्यास खेलेको थियो। यसपछि दोस्रो खेल नेपालले जुन ११ मा श्रीलंकाविरुद्ध खेल्नेछ। उक्त दुई खेल खेलेपछि नेपाली टोली वेस्ट इन्डिज जानेछ। त्यहाँको सेन्ट भिन्सेन्ट रंगशालामा नेपालले जुन १४ मा दक्षिण अफ्रिका र जुन १६ मा बंगलादेशविरुद्ध खेल्नेछ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.