Agni Offset Press

अछाममा झोलुङ्गे पुल चुडिएर अड्कीए खच्चड

Aarati simant

अत्तरिया : अछाममा झोलुङ्गे पुल चुडियर पुलमा हिँडिरहेका खच्चड अड्कीएका छन् । जिल्लाको पञ्चदेवल नगरपालिका-९ कालेकाँडा र दैलेखको आठवीस नगरपालिका-४ खिड्की जिउला जोड्ने पुल चुँडिएपछि आवत-जावत अवरुद्ध भएको छ।

आज बिहान ११ बजेतिर पुल चुँडिएको र आवत-जावत अवरुद्ध भएको हो । प्रहरीका अनुसार पुलको लठ्ठा चुँडिएपछि ढुवानीको सामान बोकेका १५ वटा खच्चर पुलमा च्यापिएका छन् भने आवत जावत पनि पूर्ण रूपमा ठप्प छ। अहिले जिल्ला प्रशासन कार्यालय दैलेखले फसेका खच्चडहरूको उद्दारको तयारी थालेको जनाएको छ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.