अत्तरिया : नेपाली काँग्रेसका संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेश सरकारले शनिवार प्रदेश सभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१\८२ को बजेट हावादारी भएको बताएका छन् ।
प्रदेश सरकारले ल्याएको बजेट यथार्थपरक छैन । स्रोतको सुनिश्चितता नभएको यो हावादारी बजेट हो, शाहले भने, संघीय सरकारको बजेट खुम्चिएको बेला प्रदेश सरकारले बजेट बढाएर ल्यायो । बजेटको स्रोत के हो ? कहाँबाट आउछ स्रोत ?
पूर्व मुख्यमन्त्री शाहले बजेटले जनताका माग र मुद्दा सम्बोधन नगरेको बताए । यो बिचौलियाले बनाएको बजेट हो,उनले भने, यसले बिचौलियालाई भने कसैलाई सम्बोधन गरेको छैन ।