धनगढीमा फेरी ३ दिन विद्यालयमा गर्मी बिदा

अत्तरिया : कैलालीको धनगढीमा पुनः तीन दिन गर्मी बिदा दिने निर्णय गरिएको छ। बुधबार देखि ७ गतेसम्म धनगढीमा विद्यालय बिदा दिने निर्णय भएको हो। अत्यधिक गर्मीका कारण विशेष गरी बालबालिका र विद्यार्थीमा पर्न गएको असुविधालाई मध्यनजर गरेर तीन दिन गर्मी बिदा दिने दिने निर्णय धनगढी उपमहानगरपालिकाले गरेको हो।

उपमहानगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै हाल अत्यधिक गर्मीका कारण बालबालिका तथा विद्यार्थीहरुको स्वास्थ्यमा पर्न सक्ने प्रतिकुल असरलाई मध्यनजर गर्दै उपमहानगरपालिका अन्तर्गतका सम्पूर्ण विद्यालयमा अध्यन÷अध्यापन नगराई बिदाको व्यवस्था मिलाउन सूचित गरेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.