बेहडाबाबा मेला हेर्न गएका एकको मृत्यु

अत्तरिया : कैलालीको बेहडाबाबा मेलामा बेहोस भएका एक जनाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–१६ रामपुरमा लागेको गंगादशरा मेलामा बेहोस भएका ५३ वर्षीय बालराम मग्राठीको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता कबिन्द्र सिंह बोहराका अनुसार उनी नुवाकोटका माधव अधिकारीले सञ्चालन गरेको होटलमा काम गर्दै आएका थिए। मेलामा बेहोस भएका उनलाई एम्बुलेन्समा सेती प्रादेशिक अस्पताल, धनगढी ल्याइएको थियो। सेती प्रादेशिक अस्पतालमा उनको मङ्गलवार दिउँसो मृत्यु भएको हो। उनको शव सेती प्रादेशिक अस्पतालको शव गृहमा रहेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.