धनगढीमा आजदेखि राष्ट्रिय बाल चलचित्र महोत्सव शुरु

अत्तरिया : कैलालीको धनगढीमा आजदेखि राष्ट्रिय बाल चलचित्र महोत्सव २०८१ शुरु भएको छ । चलचित्र विकास बोर्ड काठमाडौँद्वारा आयोजित बाल चलचित्र महोत्सवको सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले उद्घाटन गरिन ।

आजदेखि ९ गतेसम्म तीन दिन चल्ने बाल चलचित्र महोत्सवमा बाल चलचित्र प्रदर्शनी, बाल कलाकारका प्रस्तुति, बाल संवाद, फोटो प्रदर्शनी लगायतका गतिविधि सञ्चालन हुने आयोजकले जनाएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीको अध्यक्षतामा शुरु भएको उद्घाटन समारोहमा चलचित्रकर्मी, बाल कलाकार लगायतको सहभागिता रहेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.