कञ्चनपुरमा श्रीमती बलात्कार गर्ने श्रीमान् पक्राउ

अत्तरिया : श्रीमती बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १० शिव नगरका ३३ वर्षीय ओबजंग शाह पक्राउ परेका हुन । शाहलाई सोमबार नेपालगञ्जबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक दीर्घबहादुर साउँदले जानकारी दिए ।

शाहकी आफ्नै श्रीमती नाम परिवर्तित पीडित सुखड ३२ ले दिएको किटानी जाहेरीको आधारमा जिल्ला अदालत कैलालीले असार ३ गते शाह विरुद्ध पक्राउ पुर्जी जारी गरेपछि उनी फरार थिए । शाहलाई नेपालगञ्जबाट सोमबार नै इलाका प्रहरी कार्यालय सुखड ल्याई हिरासतमा राखिएको छ । मङ्गलवार जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिने प्रहरी निरीक्षक साउँदले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.