अत्तरिया : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा कोठा भाडामा लिएर यौन व्यवसायमा संलग्न चार जना पक्राउ परेका छन् । गोदावरी नगरपालिका-२ आदर्श गल्लीबाट १ जना पुरुष र ३ जना महिलालाई प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय मालाखेतीको अनुसन्धान समुहबाट खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा कोठा भाडामा लिई यौन व्यवसायमा संलग्न १ पुरुष सहित ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा जिल्लाको गोदावरी नगरपालिका-१ की ६५ वर्षीया महिला, सोही ठाउँकी २८ वर्षीय महिला, गोदावरीकै वडा नम्बर ३ बस्ने ३७ वर्षीय पुरुष र गौरीगंगा नगरपालिका-१ बस्ने ३४ वर्षीय महिला रहेका छन । उनीहरुलाई नियन्त्रणमा लिएर थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।