
अत्तरिया, १ साउन : सुदूरपश्चिमकी चर्चित गायिका गौरी भट्ट र लोक देउडा गायक भरत भट्टको स्वरमा ‘माल पहाड’ गीत सार्वजनिक भएको छ । माल पहाड गित बीर बोहरा युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो ।
सुदूरपश्चिमको लोक देउडा संस्कृति जोगाउदै मौलिक संस्कृतीलाई उजागर गर्दै सुदूरपश्चिमका विभिन्न ठाउँमा छायाङ्कन गरेर देउडा पन झल्कने गितको झलक भट्टको उत्कृष्ट शब्द\लय रहेको भने उक्त गितको एरेन्जर गायक भरत भट्टले गरेका छन ।
रमेश बिजुली बिसिको कोरियोग्राफर र निर्देशनमा रहेको उक्त गितमा बिर बोहरा र मनिषा सिंह ठकुरीले अभिनय गरेका छन । यसपटक पनि सुदूरपश्चिमका पहाडी जिल्लामा रहेको संस्कृतीलाई जोगेर्ना गर्नका लागि देउडा खेल मार्फद अमृत उपाध्यायले छायांङ्कन गरेका छन भने दृश्य निर्माण जुम प्रोडक्सनले गरेको हो । यस गितको म्यूजिक भिडियो सुदूरपश्चिमको तराई र पहाडको समिश्रणको झल्को दिने गरी छायाङ्कन गरीएको गाउँ परवेश लाई भिडियोमा कैद गरी छायाड्ढन गरीएको छ ।
