अत्तरिया : कैलालीमा पानीको खाल्डोमा डुबेर बालिकाको मृत्यु भएको छ । शुक्रबार दिउँसो धनगढी उपमहानगरपालिका–१० जुगेडा बस्ने बिनोद रानाका साढे ४ वर्षीया छोरी अनाया रानाको खाल्डोमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनी आफ्नै घर आगनमा खेल्ने क्रममा नजिकै रहेको पानीको खाल्टोमा डुबेर बेहोस् भएकी थिइन् । तत्काल आफन्तले उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढीमा ल्याएकोमा चिकित्सकले चेक जाँच गर्दा मृत्यु घोषणा गरेका हुन् ।