Agni Offset Press

कैलालीमा आत्माहत्याको तथ्यांक डरलाग्दो

Aarati simant

अत्तरिया : कैलालीमा एक हजार सात सय ३३ वटा अपराधका घटना भएका छन् । गग आर्थिक बर्ष २०८०\८१ मा जिल्लामा उक्त अपराधका घटना भएका हुन् ।
कर्तव्य ज्यानका ११, ज्यान मार्ने उद्योगका २६, भवितव्य ज्यानका ७५, फुटकर ज्यानका ५७ आत्महत्या दुरुत्साहनका २३, ज्यान सम्बन्धि १ र गर्भपतन सम्बन्धि १ मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवत्ता डिएसपी कबिन्द्रसिंह बोहराले जानकारी दिए ।
उनले दिएको जानकारी अनुसार एक वर्षको अवधीमा २ सय ७ वटा आत्महत्याका घटना भएका छन् । जिल्लामा सबै भन्दा डर लाग्दा आत्माहत्याका घट्नामा देखिएको छ । पछिल्लो समय विविध कारणले समाजमा आत्माहत्या घट्ना भईरहेका हुन् । आत्माहत्या गर्नेमा बिष सेवनका ३०, झुण्डिएर २ सय ७, करेन्ट लागी ९, पानीमा हाम फालेर २४ जनाले ज्यान गुमाएका छन् ।
चोरी सम्बन्धी ८३ वटा मुद्धा रहेकामा डाँकाचोरीका ५, नकवजनी चोरीका ७, साधारण चोरीका ६८ र सवारी चोरीका ३ वटा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

कैलालीमा एक वर्षको अवधीमा २ सय ७ वटा आत्महत्याका घटना भएका छन् ।

सामाजिक अपराधका ३ सय ८५ मुद्धामध्ये सार्वजनिक हित कसुरका ३ सय ५१, नागरिकता सम्बन्धि २ र अभद्र व्यवहारका ३२ वटा रहेको जनाइएको छ । जुवातास तथा सट्टेबाजीका २२, ठगीका २२, लागूऔषका ३ सय १५ व्यक्ति बेपत्ता एक, हातहतियार खरखजनाका ९ र अपराधिक प्रवेश उपद्रवको एक गरी सांगठनिक तथा आर्थिक अपराधका ३ सय ७० मुद्धा दर्ता भएको जनाइएको छ ।
महिला तथा बालबालिका सम्बन्धी एक सय ४५ वटा मुद्धा दर्ता भएका छन् । जसमा मानव बेचबिखन तथा ओसारपसारका ३, बहुविवाहका २८, बालविवाहका ३, जवरजस्ती करणीका ८३, जवरजस्ती करणी उद्योगका १८ र यौन दुराचारका १० वटा मुद्धा दर्ता भएका छन् ।
सवारी ज्यानका ५४, सवारी अंगभंगका ४ र सवारी भवितव्यका २२ वटा गरी सवारी सम्बन्धी ८० वटा मुद्धा रहेको जनाइएको छ । त्यस्तै अन्यतर्फ इजलास सम्बन्धी कसुरका १०, अपहरण तथा शरीर बन्धकका १, अपहरण तथा जबरजस्ती करणीका ३, विद्युतीय कसुर तथा साइवर अपराधका ७, बैंकिङ कसुरका १ सय ७२, पशुपंछि ऐनका १, अपराधिक लाभका नौ, संगठित अपराधका १ र अन्य एक गरी २ सय ५ वटा मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.