Agni Offset Press

गोदावरी-१० को वडा कार्यालयमा तालाबन्दी

Aarati simant

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १० को कार्यालयमा तालाबन्दी गरिएको छ । नगरपालिकाले गरेको विद्यालय समायोजनको विषयलाई लिएर असहमती जनाउँदै आएका स्थानीयले वडा कार्यालयमा आज सोमबार तालाबन्दी गरेका हुन् ।

गोदावरी नगरपालिकाकाले २०८० फागुन ३० गते र नगर शिक्षा समितिले २०८१ जेठ ३२ गते वडा नम्बर १० को शंकर आधारभूत विद्यालयलाई घण्टेश्वर आधारभूत विद्यालयमा समायोजन गर्ने निर्णय गरिएको थियो । विद्यालय समायोजन नगर्न माग गर्दै विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष रामदत्त भण्डारीले असार २८ गते सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमाथि सर्वोच्चले असार ३१ गते अन्तरिम आदेश दिएको थियो ।
सर्वोच्च अदालतले नगरको उक्त निर्णयमा शिक्षा ऐन २०२८ को दफा १५, स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८ समेतको प्रक्रिया र कार्यविधिको त्रुटि रहेको भन्दै निवेदनको टुङ्गो लाग्दा सम्म नगरपालिका र नगर शिक्षा समितिको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियोे ।

त्यसपछि स्थानीयले सर्वोच्चको आदेश बमोजिम विद्यालय तत्काल सञ्चालन गर्न माग गरेका थिए । उक्त आदेश कार्यान्वयन गर्न सम्बन्धित निकायले संकेत नदेखाएपछी तालाबन्दी गर्नुपर्ने अवस्था सिर्जना भएको स्थानीय भुवन भट्टले बताएका छन् । अहिले वडा कार्यालयमा स्थानिय लगायत नगर प्रहरी र नेपाल प्रहरीको उपस्थिति रहेको छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.