Agni Offset Press

ब्यूरोक्रेसी भित्र अझै पनि छुवाछूतको मानसिकता कायम छ : मन्त्री विक

Aarati simant

अत्तरिया, १० साउन : सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री लक्ष्मी विकले सुदूरपश्चिममा अझै पनि जातिय छुवाछूत अन्त्य हुन नसकेको बताएकी छन् । अन्तरधार्मिक शान्ति महासंघ नेपालले धनगढीमा बिहीबार आयोजना गरेको धार्मिक सवालहरुको बारेमा विश्वव्यापी आवधिक समीक्षा तथा अन्तरधार्मिक शान्ति अभियान सुदूरपश्चिम प्रदेश स्तरीय अन्तर क्रियात्मक कार्यक्रममा मन्त्री विकले यस्तो बताएकी हुन् ।
‘म मन्त्री रहँदा खेरी पनि त्यो महसुस भयो । त्यो भित्र यो त्यो कमिटीको त होला भने कतिपय ब्यूरोक्रेसीका साथीहरुमा अझै पनि छुवाछूतको मानसिकता कायम छ । मेरो पार्टी भित्र पनि यो समुदाय हो है भने किसिमका देख्छौँ । त्यही भएर हामी यो बाट मुक्त हुने कि नहुने ?’ मन्त्री विकले प्रश्न गरिन् ।
पितृसताबाट सुदूरपश्चिम अझै पनि माथि उठन नसकिरहेको उनले बताइन् । ‘दिन दिनै छुवाछूत भइनै राखेको छ । दिन दिनै हाम्रा छोरीबेटीहरु असुरक्षित भएका भयै छन’ मन्त्री विकले भनिन् । सरकारले गर्न नसकेका कामहरु संघ संस्थाहरुले गर्दै आइरहेको उनले बताइन् ।
जाति नाममा विभिन्न हिंसाहरु भइरहेकाले साझा अवधारणा बनाएर अगाडि बढनुपर्ने उनले बताइन् । कानुनी पक्ष पनि फितलो रहेको उनको भनाइ छ ।
अन्तरधार्मिक शान्ति महासंघ नेपालका कार्यसमिति सदस्य नेपोलियन राईले धर्मका नाममा कानुन भए पनि कानुनी राज्य नभएकाले अझै पनि विभेद रहि राखेको बताए । संविधानमा कानुन भए पनि व्यवाहारमा नभएको उनले बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका प्रदेश कार्यसमिति सदस्य धनराज पण्डित, नेकपा एमालेका प्रदेश कमिटी उपसचिव नरबहादुर बिक, नेकपा माओवादी प्रदेश कार्यसमिती सदस्य बालाराम उपाध्याय, नेकपा एकिकृत समाजवादीका प्रदेश सचिव दिनेशचन्द्र सुवेदी र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा इन्सेकमा कार्यरत अधिवक्ता सम्झा श्रेष्ठले मानव अधिकारको विश्वव्यापी आवाधिक समीक्षा (युपीआर) का कार्यपत्र राखेकी थिइन । यस्तै, कार्यक्रममा अन्तरधार्मिक शान्ति महासंघ नेपालको कार्यक्रम संयोजक विमला श्रेष्ठले संस्थाका गरेका गतिविधिका बारेमा जानकारी गराईकी हुन् । कार्यक्रममा विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रमुख एंव प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.