अत्तरिया, १५ साउन : कैलालीको गोदावरी नगरपालिकामा युएसएआईडीको तयार नेपाल र साझेदारी संस्था ब्लु वेस्ट टु भ्यालुको सहयोगमा गोदावरी नगरपालिकाका १७ जनालाई फोहोर ब्यावस्थापन सम्बन्धी तालिम संचालन पश्चात मंगलबार एक कार्यक्रमका बीच प्रमाण पत्र वितरण गरेको छ ।
साथै पालिका र प्राईभेट संस्थाको सहयोगमा फोहोर ब्यावस्थापन कसरी गर्न सकिन्छ र कम्पोष्ट मल बनाएको सामग्री समेत हस्तान्तण गरेको हो ।
फोहोर मैलाको तथ्याङ्क संकलन, सचेतन कार्यक्रम, सरसफाई कार्यक्रम, कम्पोष्ट मल उत्पादन कार्यक्रम र प्लास्टिक जन्य बस्तुबाट हातले बनाउने बस्तु निर्माण सम्बन्धी तालिम प्रदान लगायतका कामहरु गोदावरी नगरपालिकाका गर्दै गरेको जानकारी ब्लु वेस्ट टु भ्यालुका जनरल म्यानेजर रोहित सार्कीले बताए ।
गोदावरी नगरपालिका वडा न. १ को कार्यालयमा नै फोहोरबाट मल बनाउने केन्द्र स्थापना गरी काम अगाडि बढ्दै गरेको र राम्रो र मलिलो माटो उत्पादन हँुदै गरेको जानाकारी दिए । नगरपालिका र प्राईभेट सेक्टरको समन्वयमा बजारीकरण गर्न के कसरी गर्न सकिन्छ भने छलफल पश्चात बजारमा पनि ल्याउने बताए ।
नगर प्रमुख बिरेन्द्र भट्टको सभापतित्वमा संचालित कार्यक्रममा नगरपालिकाकी उप प्रमुख शारदा देवी रोकाया, प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्ट, विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधि, वडाका अध्यक्ष तथा प्रतिनिधि सँगै फोहोर व्यावस्थापन तालिमा सहभागिहरुको उपस्थितिमा फोहोरलाई घर दैलोबाटै कसरी ब्यावस्थापन गर्न सकिन्छ र नगरलाई फोहोरमुक्तको बाटोमा कसरी लैजान सकिन्छ भन्ने जानकारी समेत साझेदारी संस्थाका प्रतिनिधिले राखेका छन ।
फोहरमैला व्यवस्थापन, स्थानीय तथा केन्द्रीय सरकारको लागि ठूलो चुनौतीको विषय बनेको छ । उचित तरिकाले फोहरमैला व्यवस्थापन गर्न नसक्नाले सहरी वातावरणमा ठूलो समस्या आएको देखिन्छ । सहरी वातावरणमा आएको फोहरमैला व्यवस्थापनको चुनौतिले गर्दा नदीनाला तथा स्वच्छ पानीका स्रोतहरुमा पनि फोहर थुप्रिन गई अस्तव्यस्त हुने क्रम बढ्दैछ । यसलाई समयमै सम्बोधन गर्न नसके भविष्यमा यो समस्याले अझै विकराल रुप धारण गर्ने निश्चित छ ।
सम्बन्धित पाेस्टहरु