आफ्ना नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउँदै कृष्णपुर नगरपालिका

अत्तरिया : कञ्चनपुरको कृष्णपुर नगरपालिकाले आफ्ना नागरिकलाई विगत २ वर्षदेखि निःशुल्क रगत उपलब्ध गराउँदै आएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कैलालीको रक्त संचार केन्द्रसँग समन्वय गर्दै कृष्णपुरले निःशुल्क रगतको व्यवस्था गरेको हो ।
रगतकोको अभावमा धेरै नागरिकलाई उपचारमा समस्या हुन थालेको र अकालमै ज्यान समेत जाने गरेको भन्दै आफू निर्वाचित हुनेबित्तिकै रक्त संचार केन्द्र धनगढीसँग सम्झौता गरि कृष्णपुर बासीलाई निशुल्क रगतको व्यवस्था गरेको कृष्णपुर नगरपालिकाक नगरप्रमुख हेमराज ओझाले बताए । उनले भने, कृष्णपुरका नागरिकको पहिचान खुल्ने कुनैपनी सरकारी कागजात ल्याएको खण्डमा निःशुल्क रगत प्राप्त गर्नेछन । हालसम्म कृष्णपुरका सयौं नागरिकले निशुल्क रगत सेवा लिइसकेका छन ।

२०७९ साल जेष्ठ ११ गते कृष्णपुर नगरपालिकाको नगरप्रमुखमा ओझा निर्वाचित भएर सपथ लिएपछि २०७९ श्रावण १८ गते धनगढी रक्त संचार केन्द्रसंग समन्वय गर्दै निशुल्क रगत गराउने गरि कृष्णपुर नगरपालिकाको तर्फबाट नगरप्रमुख हेमराज ओझा र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णु दत्त भट्ट,र धनगढी रक्त संचार केन्द्रको तर्फबाट नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कैलालीका सभापति उत्तम राज जोशी र रक्त संचार केन्द्रका प्रमुख धरणी पन्तले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.