
अत्तरिया : कञ्चनपुरमा बाघको आक्रमणबाट एक युवतीको मृत्यु भएको छ । जिल्लाको दोधारा चाँदानी नगरपालिका-२ बस्ने २३ वर्षीया हिरा शाहको मृत्यु भएको प्रहरीले जनाएको छ। आज मात्र ती युवतीको बाघले आक्रमण गरेर उखु बारीमा फालेको अवस्थामा शव फेला परेको हो ।
उनलाई खेतमा काम गरिरहेका बेला बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ । बुधबार बेलुकी ५ बजे तिरको समयमा सो वडाका दीपक पन्तको खेतमा बाघ देखिएको थियो ।
