महिला मारेर उखुघारीभित्र छिरेको बाघ अझै समात्न सकिएन, प्रयास जारी

अत्तरिया : कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका(२ मा बिहीबार बिहान स्थानीय २६ वर्षीया हीरा शाहलाई मारेर उखुघारीभित्र छिरेको बाघ अझै समात्न सकिएको छैन।

घटना भएको एकदिन बितिसक्दा पनि हिंस्रक बाघ नियन्त्रणमा लिन नसक्दा दोधारा चाँदनी क्षेत्रका बासिन्दा त्रसित छन्। बाघ पक्रन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पिपरैया र शुक्ला पोस्टबाट ४ हात्तीसहितको टोली बिहीबार अपराह्न ४ बजे घटनास्थल पुगेको थियो। तर हात्ती र ड्रोनको सहायताले राति ८ बजेसम्म उखुबारीमा खोजी गर्दा पनि बाघ नियन्त्रणमा लिन सकेन।
झण्डै १० बिघाहमा फैलिएको उखुबारीभित्र बाघ कहिले यता, कहिले उता गरिरहेकाले लामो प्रयास गर्दा पनि प्राविधिक टोली पक्रन सफल भएन।

त्यसपछि निकुञ्जको टोली उखुबारीलाई सेतो कपडाले घेरेर बिहीबार रातभर त्यहीँ बसेको छ। बाघलाई नियन्त्रणमा लिने प्रयास जारी रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरले बताए। ‘हिजो राति बाघ उखुबारीभित्रै सुतेको देखिएको थियो। रातिको समयमा नियन्त्रणमा लिन सकिएन,’ उनले भने, ‘अहिले उखुबारीमा बाघको खोजी र नियन्त्रणमा लिने प्रयास गर्दै छौँ।’

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.