Agni Offset Press

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले दिए राजीनामा

Aarati simant

अत्तरिया : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले पदबाट राजीनामा दिएका छन् । शुक्रबार प्रदेशसभालाई सम्बोधन गरेर प्रदेश प्रमुखको कार्यालय पुगेर प्रदेश प्रमुख नजिर मियाँलाई राजीनामा बुझाएका हुन् ।

यसअघि आजै प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री सोडारीले विश्वासको मत पाउने सम्भावना नदेखिएको भन्दै राजीनामा घोषणा गरेका थिए ।

६ वैशाखमा एमाले, माओवादी, एकीकृत समाजवादी र स्वतन्त्र प्रदेश सभा सदस्य डा। ताराप्रसाद जोशीको समर्थनमा मुख्यमन्त्री बनेका सोडारी २० असारमा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका थिए ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.