अत्तरिया : सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको लागि दुई दिन समय दिइएको छ । प्रदेश प्रमुख नजिर मियाँले आगामी आइतबार साँझ ५ बजेसम्म नयाँ सरकार गठन आह्वान गरेका हुन्।
आज मुख्यमन्त्री दीर्घ सोडारीले राजीनामा दिएसँगै नयाँ सरकार गठनको लागि प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनको लागि आह्वान गरिएको हो ।