Agni Offset Press

सुदूरपश्चिमका अधिकांस जिल्लामा भारी वर्षा

Aarati simant

अत्तरिया : मनसुन सक्रिय हुँदा कोशीदेखि सुदूरपश्चिम प्रदेशसम्मै वर्षा भएको छ । अन्य जिल्लाको तुलनामा सुदूरपश्चिमको कञ्चनपुरमा बढी वर्षा भएको छ ।  विगत ६ घण्टाको अवधिमा कञ्चनपुरको सुन्दरपुरमा ८५.६ र हनुमाननगर (भम्का) मा ५३ मिलिमिटर वर्षा मापन भएको छ ।

हनुमाननगरमा एक घण्टाको अवधिमा ११.४ मिलिमिटर वर्षा भएको रेकर्ड छ । जल तथा मौसम विज्ञान विभागले ती केन्द्रहरुमा थप वर्षाको सम्भावना रहेको जनाएको छ । त्यसैले सो क्षेत्र भई बग्ने दैजी, चौधर, सुहेली र अन्य साना नदीहरुमा बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन विभागले भनेको छ ।

बैतडीको डिनासैली, बाजुराको बाजुरा र अछामको असराघाटमा पनि भारी वर्षा रेकर्ड भएको छ । कोशी प्रदेशमा मोरङको केराबारी, सुनसरीको धरान बजार र धनकुटाको मछुवाघाटमा पनि भारी वर्षा भएको छ । विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तर तर्फ (नेपाल नजिक) अवस्थित रहेकाले देशभर मनसुनी वर्षा भइरहेको छ । सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.