Agni Offset Press

सुदूरपश्चिम प्रदेशको संसदका विषयगत समितिहरुमा ८ सदस्य थप

Aarati simant

अत्तरिया : सभामुख भीमबहादुर भण्डारीले संसदका तीन वटा समितिमा ८ जना सदस्य थपेका छन । आईतबार बसेको सुदूरपश्चिम प्रदेश सभाको हिउदे अधिवेशनको पहिलो बैठकमा सभामुख भण्डारीले तीन वटा समितिमा सदस्य थप गरेका हुन ।

पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारी, पूर्वमन्त्री अक्कलबहादुर रावल र पूर्व रान्यमन्त्री गीतादेबी माललाई सार्वजनिक लेखा समितिमा नियुक्त गरिएको छ । यस्तै पूर्व मन्त्री रमेशसिह धामी र लक्ष्मी विकलाई विधायन तथा प्रदेश मामिला समितिमा सदस्य नियुक्त गरिएको छ ।

पूर्वमन्त्री माया पन्त, ओमविक्रम भाट र झपट साउदलाई सामाजिक विकास समितिमा सदस्य नियुक्त गरिएको छ । यसअघि पन्त यस समितिको सभापति थिईन ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.