Agni Offset Press

गितादेवी माल बनिन् माओवादी सुदूरपश्चिमको प्रमुख सचेतक

Aarati simant

अत्तरिया : नेकपा माओवादी सुदूरपश्चिमको प्रमुख सचेतक गितादेवी माल बनेकी छन्। सुदूरपश्चिम प्रदेशसभामा माओवादी केन्द्रको संसदीय दल प्रमुख सचेतकमा माल चयन भएकी हुन्। उपनेता अक्कलबहादुर रावलका अनुसार संसदीय दलको बैठकले प्रदेश सभा सदस्य माललाई प्रमुख सचेतकमा चयन गरेको हो।
प्रमुख प्रतिपक्षी दल समेत रहेको माओवादी केन्द्रले प्रमुख सचेतक चयन गरेको जानकारी प्रदेश सभा सचिवालयलाई गराइसकेको छ। यसअघि माओवादीको प्रमुख सचेतकमा मानबहादुर धामी थिए। उनी संसदीय दलको नेता भएपछि प्रमुख सचेतक पद खाली थियो।

Lalpur Sunchandi Pasal
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.