अत्तरिया : नेकपा एमालेका पोलिटव्युरो सदस्य राजेन्द्र सिंह रावलले नेताहरुका बीचमा अविश्वास बढाएर द्वन्द्व फैलाउन खोज्नेहरुसँग कार्यकर्ताले सर्तक हुनुपर्ने बताएका छन् ।
नेकपा (एमाले) बेल्डाँडी गाउँ कमिटीको प्रथम पूर्ण भेलालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि रावलले नेताहरुलाई आपसमा भिडाएर फाइदा लिन खोज्नेहरुलाई पछिल्ला गतिविधि मार्फत जवाफ दिइसकेको पनि बताए ।
‘राजेन्द्र रावल र निरु पाललाई झगडिया देखाएर आफ्नो स्वार्थको रोटि सेक्न खोज्नेहरुलाई हामीले जवाफ दिइसकेका छौँ,’ उनले भने । पार्टीको जिल्ला र नगर अधिवेशनहरु सर्वसम्मत ढंगले गर्न सफल भएको उनले बताए ।
‘कञ्चनपुरमा सर्वसम्मत सम्भव नै छैन भनेर जिस्काउथे,’ अर्का पोलिटव्युरो सदस्य तथा कञ्चनपुर जिल्ला इन्चार्ज निरु पालतर्फ हेर्दै रावलले भने, ‘हामीले जवाफ दियौं, इतिहास निर्माण ग¥यौं ।’ कार्यक्रममा पोलिटव्युरो सदस्य तथा जिल्ला इन्चार्ज पाल, केन्द्रीय सदस्यद्धय इन्दु कडरिया र कमला बोहरा, जिल्ला अध्यक्ष लक्ष्मी बुढा, सचिव पल्लवराज भट्ट, उपसचिवद्धय अशोक चन्द र राजिब खड्कालगायत नेताहरुको उपस्थिति रहेको थियो । त्यसअघि कृष्णपुर नगर कमिटीको भेला समेत सम्पन्न गरिएको जिल्ला कमिटीले जनाएको छ ।
सम्बन्धित पाेस्टहरु