दार्चुलाको शैल्यशिखर नगरपालिकाका दुई कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

दार्चुला : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दार्चुलाको शैल्यशिखर नगरपालिकामा कार्यरत दुई कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। नगरपालिकाका कृषि प्राविधिक अधिकृत मोहन सिंह धामी र कृषि नायब प्राविधिक सहायक अशोक सिंह धामीले घुस लिँदालिँदै पक्राउ गरेको थियो।

कृषि समूहको बिल भुक्तानी गर्दा कमिसन वापत सेवाग्राहीसँग घुस लिएको आरोपमा उनीहरू पक्राउ परेका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार, उनीहरूविरुद्ध आइतबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो।

उनीहरूले सेवाग्राहीसँग चार लाख बाह्र हजार रुपैयाँ नगद, अशोक सिंह धामीको नाममा काटिएको २ लाख ५० हजार रुपैयाँको २ थान चेकसमेत गरी ९ लाख बाह्र हजार रुपैयाँ घुस लिएको पुष्टि भएको आयोगका प्रवक्ता नरहरी आचार्यले जानकारी दिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.