अत्तरिया, ३ साउन : कैलालीको गोदावरी नगरपालिका वडा न. ४ को गोदावरी धाममा धार्मिक महिना साउन महिनाको अवसरमा साउन महिनाको पहिलो दिन देखि लागेको पूजाआजा सोमबार विशेष पूजा आराधनाको कार्यक्रम गरी विधिवत् रुपमा विसर्जन गरिएको छ ।
साउनको सोमबार व्रत बसी भगवान् शिवको पूजा, आराधना गरेमा विवाहित महिलाले अटल सौभाग्य प्राप्त गर्ने र अविवाहित महिलाले सुयोग्य वर पाउने धार्मिक विश्वास छ । यस अवसरमा देशभरका शिवालयमा भक्तजनको भीड लागेको थियो ।
साउन महिना र सोमबार भगवान् शिवको महिना र बारकारुपमा लिइन्छ । साउनको सोमबार पारेर भगवान् शिवको दर्शन गरेमा मनोकामना पूरा हुने विश्वास लिइन्छ । यस अवसरमा विशेष गरी महिला भक्तजनको शिवालयमा भिड लाग्ने गर्छ । साउनको सोमबार महिला व्रत बसी भगवान् शिवको पूजा आराधना गर्ने गर्छन् । सोमबार अन्तिम सोमबार भएकाले गोदान र पूर्णपात्र गरी साउने सोमबारको व्रत समापन गरिएको हो ।
धार्मिकरुपमा पवित्रस्थल मानिएको गोदावरी धाम धार्मिक आस्थाको केन्द्र बन्दै गएको छ । हालसम्म लाखौँ दर्शनार्थीहरु गोदावरी धाममा विभिन्न क्रियाकलापका लागि आएको गोदावरी धाम विकास समितिका अध्यक्ष पदमराज जोशीले बताए । उनका अनुसार साउन महिना भर मन्दिरमा पूजाआजा हुदै गरेको र पूजाका लागि विभिन्न स्थानबाट आएका भक्तजनको धाममा निकै घुइँचो लाग्ने उनले बताए ।
त्यसैगरी साउन महिना सकिए पनि ग्रह र राशीका आधारमा अन्तिम सोमबार भाद्र महिनामा परेको कारण सोमबार पवित्र मौसममा रुद्र अविशेष गर्नका लागि गोदावरी धाममा नै कैवल्यनाथ मन्दिर (मोक्षद्वार) दर्शन गर्न सकिने भएको छ । यस गोदावरी धामलाई समग्र विकास र विस्तारका लागि यस ठाउँमा धार्मिक विकास बोर्डको रुपमा अगाडि बढाउने प्रयास गरेको गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले बताए । यसै आर्थिक बर्ष देखि यस पालिका भित्र रहेका मठ मन्दिर, तथा सम्बर्धनका लागि खोलिएका समितिलाई एक ठाउँमा राखेर मुल समितिको रुपमा अगाडि बढाउने र उप समितिकोरुपमा विभिन्न मन्दिरमा विकास र संम्वर्धनका लागि जोड दिने मेयर भट्टले बताएका छन ।
गोदावरी धामको विकासका लागि हामीले बनाएका कार्यबिधी र यसको सेरोफेरोमा रहेरका सवै मठ मन्दिर देव देवालयलाई एक ढिक्कामा पारेर यस गोदावरी धाममा आगामी २०८४ मा महाँकुम्भ लाग्दै गर्दा आवश्यक संरचना निर्माणका लागि आफूहरु लागि परेको गोदावरी नगरपालिकाका नगर प्रमुख भट्टले बताए । हिन्दु धर्मप्रति आस्थावान संघ संस्था, समिति सरकारी तथा गैर संरकारी निकायको सहयोगमा २०८४ मा लाग्दै गरेको महाकुम्भलाई सफल पार्नमा लागि रहेको बताए ।
त्यसैगरी गोदावरी धाम विकास समिति उपाध्यक्ष तथा प्रवक्ता मदनराज पाण्डेयका अनुसार धामको विकास र सम्बर्दनका लागि हाम्रो समिति सँगै स्थानीय निकाय प्रदेश, केन्द्रमा समेत विकास र पर्यटकीय प्रवद्र्धनका लागि आफूहरु लागि रहेको बताए ।
सम्बन्धित पाेस्टहरु