अत्तरिया : कैलाली जिल्लाका अधिकांश स्थानमा मंगलबार रातिदेखि भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार कैलालीको धनगढी विमानस्थलमा ६ घन्टामा ९०.२ मिलिमिटर वर्षा भएको छ। भारी वर्षाका कारण मोहना र यसका सबै सहायक नदीहरूमा बहाव बढ्ने हुँदा तटीय क्षेत्रहरू र डुबान भइरहने होचा भू–भागहरूमा रहनेहरूले सतर्कता अपनाउन बाढी सूचना केन्द्रले अनुरोध गरेको छ। चौबीस घन्टामा कैलालीको धनगढी विमानस्थल केन्द्रमा १०२.६ मिलिमिटर वर्षा भएको छ।