काठमाण्डौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थानीय तहको उपनिर्वाचनमा सहभागी हुने भएको छ । बुधबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले स्थानीय तहको उप निर्वाचनमा भाग लिने निर्णय भएको एक सदस्यले जानकारी दिए ।
उनका अनुसार, बुधबारको बैठकमा केही सदस्यले स्ततन्त्र उम्मेदवारलाई सहयोग गर्नेबारे मत राखेका थिए । ‘धेरै साथिहरूले स्वतन्त्र साथीहरूलाई समर्थन गर्नुपर्छ भनेर मत राखेका छौँ । स्थानीयलाई सपोर्ट गर्ने भन्ने भयो,’ ती सदस्यले भने ।
केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर स्थानीय तहका रिक्त पदमा मंसिर तेस्रो साता चुनाव गर्न उपयुक्त हुने सुझाव निर्वाचन आयोगले दिएको छ ।