
अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा न. १० को खमौरा शिविरको ग्वासी घटेश्वर सामुदायिक वनमा निर्माणमा अधुरो रहेको खाल्डो पारीएको भागमा एकिकृत माछा पोखरी निर्माणको कार्य सम्पन्न भएको छ ।
गोदावरी नगरपालिकाको कृषि तथा पशु विकास शाखा र साझेदारी संस्थाको संयुक्त लगानीमा निर्माण भएको एकिकृत माछापालान पोखरीको नगरपालिका र साझेदारी संस्था सँगै स्थानीय तथा सरोकारवालाहरुद्वारा स्थलगत अनुगमन भएको हो । केही महिना अघि देखि निर्माण थालेको उक्त एकीकृत माछापालनमा माछा हाँस तथा चारै तिर केरा खेती काडेतार लगाए पश्चात आज औपचारिक रुपमा अनुगमन भएको छ ।
गोदावरी नगरपालिका सँगै साझेदारी संस्था युएसएआईडीले तयार नेपाल तथा निर्माण चरणमा रुपान्तरण नेपालद्वारा दलित, विपन्न, जनजाति आयस्रोत कम भएका ६३ जनालाई (५३ महिला, १० पुरुष) यस क्षेत्रमा माछा, हाँस पालन पोखरीमा जिम्मेवारि दिने गरी काम अगाडि बढाएको जानकारी रुपान्तरण नेपालका फिल्ड संयोजक बम बहादुर ओलीले बताए ।
ठुलो क्षेत्र ओगटेको पोखरी मध्ये पहिलो चरणमा युएसएआईडीले तयार नेपालले ६५ मिटर लामो र ४६ मिटर चौडा हुने गरी २ ओटा पानी पोखरी खाल्डो निर्माण गरी माछा र हाँस पाल्न थालेको छ । पानीको ब्यावस्थापनका लागि पोखरी नजिकै बोरिङको ब्यावस्थापन गर्दै गरेको जानकारी रूपान्तरण नेपालका फिल्ड संयोजक बमबहादुर ओलीले बताए ।
यस पोखरीको चारै तिरको भागमा काडेतार, बृक्षारोपण सँगै एकीकृत माछा, हाँस पालन कार्यक्रम, केरा खेती, तरकारी खेती, घाँस खेती, लगायतका योजना अगाडि बढिसकेको बताए ।
