Agni Offset Press

विष्णु माझीको आइनँ आमा यो तीज गितमा एक दिनमा १४ लाख भ्युज

Aarati simant

अत्तरिया : चर्चित गायिका विष्णु माझीको नयाँ गीत आइनँ आमा यो तीजमा ले रिलिजको एक दिनमा युट्युबमा सबभन्दा धेरै पटक हेरिने नेपाली गीतको रेकर्ड राखेको छ।

शनिबार बिहान सार्वजनिक गीतलाई २४ घण्टामा १४ लाख ५२ हजारभन्दा बढीपटक हेरिएको छ। यसअघि कुनै पनि नेपाली गीतले एक दिनभित्र यो उपलब्धि पाउन सकेका थिएनन्। अहिले गीतको युट्युब भ्युज त्यो भन्दा बढी पुगिसकेको छ। १ लाख २२ हजार लाइक आएको छ। १४ हजार बढी प्रतिक्रियाहरु छन्।
यो गीत रिलिज हुनासाथ चर्चामा आएको थियो। टिकटक र रिल्समा पनि गीत उत्तिकै चर्चामा छ। लोभलाग्दो भ्युज पाउँदा समेत विष्णु माझीको यो गीत युट्युब ट्रेन्डिङमा देखिएको छैन। उनका गीतहरू यसअघि पनि ट्रेन्डिङमा आएका थिएनन्।

१७ मिनेट लामो आइनँ आमा यो तीजमाु गीत पुलतीको भट्टी भाग २० का रूपमा सार्वजनिक भएको हो। विष्णु माझीका श्रीमान सुन्दरमणि अधिकारीको शब्द र संगीत रहेको गीतमा आशिष अविरलको एरेन्ज छ।

सुन्दरमणिकै निर्देशन, मौसम हिमालीको कोरियोग्राफी रहेको भिडिओमा ललिता पौडेल फिचर्ड छिन्। भिडिओलाई सम्भु चालिसेले छायांकन, प्रविन भट्टले सम्पादन गरेका हुन्। सार्वजनिक रूपमा आफूलाई लुकाएरै लोभलाग्दो क्रेज बनाएकी गायिका विष्णु माझीले पछिल्लो समय बाहिरी गीत गाएकी छैनन्। तीजमा भने हरेक वर्ष गीत ल्याइरहेकी छिन्।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.